क्यालिफोर्नियाको सडक दुर्घटनामा चार जनाको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
सान फ्रान्सिस्को

उत्तरी क्यालिफोर्नियाको राजमार्गमा उल्टो दिशातर्फ मोडिएको एउटा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको खुलेको छ । दुर्घटनाबाट ट्याक्सी चालक ४२ वर्षीय बर्कान्त अहमद र ट्याक्सीमा सवार दुई यात्रु तथा कार चालक रोसको मृत्यु भएको छ ।

यसै वर्ष यस क्षेत्रमा ट्राफिक नियम उल्लंघनका २५ वटा घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । दशवटा गम्भीर दुर्घटनामा परेर १९ जनाको ज्यान गइसकेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका