ढाकाको कपडाबाट आत्मनिर्भर बनेकी अम्बिका विक

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
126 Shares
रसुवा

रसुवा जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर ३ ठुलो गाउँको अम्बिका विकले ढाकाको कपडा बनाएर आत्मनिर्भर बनेकी छन् ।

२०७३ सालमा ल्याकोस नामक गैरसरकारी संस्था र घरेलु कार्यालयको साझेदारीमा सञ्चालन भएको ढाका बुनाई तालिम लिएपछि आत्मनिर्भर बन्न सहज भएको बताइन् ।

उनले २०७५ सालमा रिफ्रेसर तालिम नुवाकोटबाट लिएर कामलाई निरन्तरता दिएको बताइन् । घरेलुले दैनिक १ सय भत्ता दिएर ३ महिना सिक्दा त्यही भत्ताले धागो किनेर तान अनुदानमा ल्याएर व्यवसाय सञ्चालन गरेकी हुन् । अम्बिकाले यही कामलाई निरन्तरता दिन सके बिस्तारै थोरै लगानी र मिहेनत गरेर अहिले ‘रसुवाले आर्या ढाका बुटिक’ सञ्चालन नै गरेको बताइन् ।

उनले भनिन्‚ ‘तान अनुदानमा दियो । धागो किन्न सुरुमा ६ हजार लगानी गरे । त्यसपछि ढाकाको कपडा बनाएर बेच्ने थाले ।’ २०७७ सालमा पूर्णिमा होप नामक संस्थाले २० हजार बराबरको धागो सहयोग गरे । उतरगया गाउँपालिकाले तान सहित अटो सेमी तान कन्न र एडभान्स तालिम दिएपछि यसमै निरन्तर दिन थप उत्साहित भएको उनी बताउँछिन् ।

अहिले १५ जना उद्यमीहरू छन् । सामूहिक रूपमा नै काम गरिरहेको र यस कामलाई अम्बिकाको नै नेतृत्व गरेर काम भइरहेको छ । दुई पटक त शिक्षक नै भएर सिकाएको उनले बताइन् । अहिले उनी गाउँकै नमुना उद्यमीको रूपमा परिचित छन् ।

‘यो काम गर्न धेरै राम्रो र ठुलो लगानी नचाहिने भएकाले आफ्नो समयानुकूल काम गर्न सकिन्छ ।’‚ अम्बिका भन्छिन्‚ ‘पुरै समय यसलाई दिइरहन पर्दैन । मन लगाएर यसलाई नै पुरै समय लगाउन पाएता वार्षिक १० लाख हुन्छ तर आफ्नो समय अनुसार घर व्यवहार छोराछोरीलाई पनि समय दिएका कारण वार्षिक १ लाख कमाई हुन्छ ।’

सबै घर खर्च कटाएर वार्षिक १ लाख हुन्छ । जहाँ गए पनि दुख गर्नै पर्छ ।

सिजन अनुसारको माग भए वमोजिमका समान तयार हुने गरेको उनी बताउँछन् । अर्डर नभए पनि आफूले बुन्न सके स्थानीय बजारमा बिक्री वितरण हुने गरेको उनको भनाइ छ ।

उनको पसलमा ढाकाको टोपी, स्काप‚ कुर्था‚ साडी‚ चोलो‚ सल लगायतका सामानहरू पाइन्छ । उनको काम राम्रो रहेको उतरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले समेत प्रशंसा गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका