एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनको मिति सार्वजनिक, प्रतिनिधि शुल्क एक हजार

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
210 Shares
दोलखा

नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनको मिति तय भएको छ ।

एमालेले पुस १७ र १८ गते बसेको जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले १० औँ अधिवेशन आगामी माघ १९ गतेदेखि २१ गतेसम्मको मिति तय गरेका हुन् ।

अधिवेशन सफल पार्नका लागि एमाले दोलखाका अधिवेशन संयोजक नरबहादुर श्रेष्ठको संयोजकत्वमा ५ सय १ जना अधिवेशन मूल व्यवस्थापन समिति र अन्य विषयगत समितिहरू पनि गठन गरेका छन् ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछन् । आगामी जिल्ला अध्यक्षका लागि आकाङ्क्षीहरू धेरै रहेको बुझिएका छन् ।

एमालेले हरेक वडालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि छनौट गरिने जनाएको छ । जसअनुसार १५ जना पार्टी सदस्यको अनुपातमा १ प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ । तोकिएका सबै निर्वाचन इकाईमा ९ देखि १३ गतेसम्म प्रतिनिधि छनौट गरिनेछ ।

अधिवेशस संयोजक श्रेष्ठका अनुससार अधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई २ हजार रुपैयाँ दायित्व तोकिएको छ । त्यस्तै प्रतिनीधि शुल्क १ हजार तोकिएको छ । यस्तै उम्मेदवार शुल्क उम्मेदवार दरखास्त शुल्क ५ सय रुपैयाँ‚ अध्यक्षका लागि ५ सय रुपैयाँ र पदाधिकारी र सदस्यहरुका लागि ५ सय रुपैयाँ नै तोकिएको छ ।

तपाईको प्रतिक्रिया