उपत्यका व्यापी चित्रकला प्रतियोगिता सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
217 Shares
काठमाडौं

उपत्यका स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । एम्बिसन एकेडेमीद्वारा आयोजित चित्रकला प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

प्रतियोगितामा उपत्यकाका १४ विद्यालयका कक्षा ४ देखि ६ सम्मका जुनियर र कक्षा ७ देखि १० सम्मका सिनियर गरी ५४ जना बिद्यार्थीहरुको सहभागी रहेका थिए ।

वरिष्ठ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति के.के. कर्माचार्यको प्रमुख आतिथ्य रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा वरिष्ठ चित्रकार तथा ललितकला क्याम्पसका उपप्राध्यापक राधेश्याम मुल्मी र आर्ट बुमका सभापति युवा चित्रकार रत्न शाक् रहेका थिए ।

प्रतियोगितामा जुनियर तर्फ नेक्सस इन्टरनेस्नल एकेडेमीका कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरू आदित्य ठाकुर र प्रीति महतोले क्रमशः प्रथम र द्वितीय तथा माउन्ट ओलिभ सेकेन्डरी स्कुलको कक्षा ४ की छात्रा कृतिका श्रेष्ठले तृतीय पुरस्कार प्राप्त गरेका थिए । त्यसै गरी वेदिक स्कुल र ओमज्ञान मन्दिरका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरू क्रमशः सेलिना भण्डारी तथा विभाना कटुवालले प्रोत्साहन पुरस्कार हात पारेका थिए ।

सिनयिर समूह तर्फ भने माउन्ट ओलिभ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत छात्रा शुभेक्षा महर्जन प्रथम, ऋतम्भरा पाठशालाको कक्षा ९ मा अध्ययनरत छात्रा सिम्रन श्रेष्ठ द्वितीय, पद्मचक्र स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र सुलभ घिमिरे तृतीय भएका थिए । ओम ज्ञान मन्दिरका कक्षा ९ की छात्रा आकृति यादव तथा नेक्सस इन्टरनेस्नल एकेडेमीका कक्षा ७ की छात्रा सुबिया ढकालले प्रोत्साहन पुरस्कार पाप्त गरेका थिए ।

विद्यालयका इन्चार्ज खगेन्द्रप्रसाद नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयकै शिक्षक गोविन्द पाण्डेयले गरिएको थियो । भने संयोजन विद्यालयका आर्ट शिक्षक राजु पिठाकोटेले गर्नुभएको थियो । सहभागी तथा पुरस्कृत प्रतिभाहरूलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथिले सहभागिताको प्रमाण पत्र तथा ट्रफी प्रदान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका