ककनीमा एक महिने थाङ्का लेखन तालिम सुरु

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
238 Shares
नुवाकोट,ककनी

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम ककनीमा सुरु भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस १२ गतेदेखि सुरु गरिएको हो ।

समितिका कार्यकारी निर्देशक होम दोङका अनुसार धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम ककनीमा आयोजना गरिएको बताए ।

कार्यकारी निर्देशक दोङले भने‚ ‘तालिममा सहभागीले आधारभूत सीप र ज्ञान सिक्न पाउनेछ । यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिन्छ ।’

आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए ।

यसै गरी तालिमका प्रशिक्षक छेवाङ लामाले हामी तालिम अवधिभर थाङ्का लेखन विधि‚ उत्पत्ति लगायतका विषयमा चर्चा र सीप सिक्ने बताए । उनले यस अवधिभर अनुशासन र नियममा रही तालिम लिनुपर्ने बताए ।

उद्घाटन सत्रका सत्राध्यक्ष समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले पर्यटन प्रवर्द्धनसँगै ककनीमा सञ्चालन गरिएको तालिम सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । यसअघिका वर्षहरूमा सञ्चालित तालिमहरू सफल र सीप आर्जनमा टेवा पुर्‍याउन सहयोग पुगेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको उनको भनाइ थियो ।

रामेछाप‚ ताप्लेजुङ‚ सोलुखुम्बु‚ खोटाङ‚ रसुवा‚ नुवाकोट‚ इलाम‚ मकवानपुर‚ गोरखा लगायतका जिल्लाहरूबाट करिब डेढ दर्जनभन्दा बढीको सहभागी रहेका छन् ।

कार्यक्रममा तालिमका संयोजक सज्नु योङ्ग्या र सहसंयोजक लक्ष्मी रुम्बा लगायतको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया