सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
210 Shares
सर्लाही

सर्लाहीको बरहथवामा झडप हुँदा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बरहथवा–६ बस्ने अन्दाजी वर्ष ३० का जयशंकर साहको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रवार बरहथवामा प्राथमिक स्वास्थ्य चौकीलाई प्रदेश मातहतमा गाभ्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली काँग्रेससहितका दलले गरेको प्रदर्शनमा प्रहरी बिच झडप भएको हो ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा तोडफोड र एउटा चार पाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका