म्हेन्दोमाया कलाकार सङ्घ नुवाकोटको अध्यक्षमा सन्चु थोकर निर्वाचित भएको छ ।
शनिवार सङ्घको काठमाडौँमा सम्पन्न दोस्रो साधारण भेला तथा पहिलो अधिवेशनमा थोकर निर्वाचित भएका हुन् ।
सङ्घको उपाध्यक्षमा फुलमाया लामा‚ महासचिवमा लक्ष्मी स्याङ्तान‚ सचिवमा सागर तामाङ‚ कोषाध्यक्षमा शान्ति मम्बा चयन भएका छन् ।
यसै गरी सदस्यहरू लिलु तामाङ‚ सोनी वाइबा‚ वीरमान तामाङ‚ अन्जु तामाङ ‘पाल्मो’‚ रमेश तामाङ‚ मिना तामाङ‚ ननिता तामाङ‚ सज्नु तामाङ र अनिल थोकर तामाङ चयन भएका हुन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1