गर्भ अवधि नपुगेका शिशुलाई आर्थिक सहयोग

यसरी स्याहार गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन सैलुङअनलाइन
448 Shares
काठमाडौं

गर्भ अवधि नपुग्दै जन्मेका (प्रि म्याचोरिटी) शिशुले आर्थिक सहयोग पाएको छ । शिशुले अभियन्ता कमल रुम्बाको पहलमा ३ लाख ६८ हजार ४२५ रुपैयाँ सहयोग पाएको हो ।

आर्थिक सहयोग पाएका शिशु काठमाडौँको हेम्स अस्पतालमा सर्जरीबाट जन्मिएका हुन् । शिशु जम्मा ६ महिना ३ दिन गर्भाशयमा रहेको बताइएको छ । आमा निर्मला तामाङको स्वास्थ्यमा समस्या आएपछि शिशुलाई सर्जरीमार्फत जन्माएको डाक्टरहरूको भनाइ छ ।

शिशुका बुबा विनोद तामाङका अनुसार जुम्ल्याहा जन्मिएको मध्ये एकको उपचारको क्रममा मृत्यु बताए । बाँचेको शिशुको भने दुई महिना उपचार पश्चात् डिस्चार्ज भएको छ ।

सिन्धुपाल्चोक, लिसंखुपाखर-७ कोल्दोङका तामाङको आर्थिक स्थिति नाजुक भएपछि उपचारका लागि सहयोग गर्न आग्रह गरेका थिए । सोही पश्चात् अभियन्ता कमल रुम्बाले अभियान चलाएका थिए । रुम्बा लिसंखुपाखरस्थित काक्लिङ क्याम्पसका नेविसंघका सभापति हुन् । रुम्बाको अभियानमा नेपाली काँग्रेस लिसंखुपाखर(४ का सभापति अभियन्ता गौतम लामाको समेत साथ रहेको थियो ।

स्याहार गर्ने तरिका

गर्भ अवधि नपुग्दै जन्मेका बच्चालाई छिटो चिसोले लाग्ने भएकाले तातो न्यानो गरेर राख्नुपर्छ । अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरूको विकास राम्ररी नभएसम्म उपचारमा लगिरहनुपर्छ । बच्चाको विकास कसरी भइरहेको छ यसको बारेमा थाहा पाउन विशेषज्ञको सल्लाह लिनुपर्छ । जबसम्म अवस्था सामान्य हुँदैन तबसम्म फलो-अपमा गइरहनुपर्छ ।

यसरी जन्मिएका शिशु कम तौलका हुन्छन् भने उनीहरूको कुनै पनि सङ्क्रमणले छिटो आक्रमण गर्न सक्ने, राम्रोसँग दूध चुस्न नसक्ने, श्वासप्रश्वासमा कठिनाइ हुनेदेखि मृत्युसमेतको सम्भावना हुनसक्छ । अवधि नपुगी जन्मिएका शिशुको राम्रो स्याहार नभएमा अपाङ्गता हुने तथा पढाई लेखाई, श्रवण र दृष्टिको समस्या देखिन सक्ने वरिष्ठ बाल रोग विशेषज्ञ डा। गणेश राई बताउँछन् ।

यस्ता शिशुलाई विशेष हेरचाहका साथै आमाको नाङ्गो छाती ९मायाको अँगालो० मा टाँसेर राख्नाले विभिन्न स्वास्थ्य समस्या तथा मृत्युबाट समेत बचाउन सकिने डा। राईको भनाइ छ । मायाको अँगालोमा राख्नाले उनीहरूलाई गर्भको जस्तै आवश्यक तापक्रम मिल्छ भने आमाको दूध बढी आउने, आमा र बच्चाबिच अत्मियता बढ्ने र शिशुको वृद्धि विकासमा सहयोग पुग्नेजस्ता फाइदा हो ।

तपाईको प्रतिक्रिया