गाउँघरको कथामा चलचित्र सगुन ठेकी बन्दै, को को छन् कलाकार ?

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
189 Shares
काठमाडौं

नेपाली फिल्म इष्डष्ट्रीमा दैनिक जसो नयाँ नयाँ फिल्महरू आइरहेका छन् । जसमा केहीमा पुरानै अनुहार दोहोरिएका देखिन्छन् भने केही फिल्ममा नयाँ अनुहार आउने गरेका छन् । जसमध्ये केही फिल्म नयाँ आधुनिक कथामा निर्माण भइरहेका छन् । केही फिल्महरू पुरानो कथालाई जीवन्त बनाइ पुरानो संस्कार र संस्कृतिमा पछ्याइरहेका छन् ।

गाउँघरको कथावस्तुलाई समेटेर नयाँ चलचित्र ‘सगुन ठेकी’ नामक नेपाली फिल्म निर्माणको तयारीमा छ । चलचित्र ‘सगुन ठेकी’ फुर्वा लिम्बुले निर्माण गर्न लागेका हुन । चलचित्र ‘सगुन ठेकी’ लाई राई जेठा रामचन्द्रले निर्देशन गर्ने भएका छन् । चलचित्रमा केही पुराना कलाकार र केही नयाँ कलाकार छनौट गरिएको निर्माता फुर्वा लिम्बु बताउँछन् । राई जेठा रामचन्दको कथा रहेको चलचित्रको पूर्व तयारी भइसकेको २०८१ भदौ १९ गते शुभ मुहूर्त गरिने चलचित्रका निर्देशक राई जेठा रामचन्द्रले बताए । निर्देशकका अनुसार चलचित्रमा अधिकांश कलाकार छनौट भइसकेको र केही कलाकारको फिक्स गर्न बाँकी रहेको जनाए ।

चलचित्रमा रामचन्द्र अधिकारी, सुरवीर पण्डित, डोल्मा शेर्पा, मन कुमारी राई, मुना लिम्बू, बबिना राई, रेबिका राई, प्रकाश राई, निप्सुग्मा राई, उत्तम राई, सम्झना अर्मनी राई, सबिना तामाङ, लभ्ली तुल्शी, राजकुमारी राई, माधव बिन्दास कार्की, दिपेन तामाङ भाले डन, सुसन राई , चन्द्र शेखर शाही, चन्द्र लुगेलि मगर, टेन्सन ब्रो, भुवन गहतराज, रन्जिता तामाङ, सिम्रन राई, मन कुमार कुमार दर्नाल, जीवन सुर्खेत, सजिना अधिकारी, प्रज्वोल खान लगायतका कलाकार घोषणा गरिएको छ । चलचित्रमा ४ जना पुराना तथा वरिष्ठ कलाकार भदौमा नै आबद्ध गराउने निर्देशकले बताए ।

चलचित्र पूर्वका १८ वटा जिल्लामा छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र २०८१ सालको होली पर्वको अवसर पारेर प्रदर्शनमा ल्याइने बताइएको छ । चलचित्रमा राई जेठा को निर्देशन र कथा , वीर मास्टरको दोन्द निर्देशक र सुमन भट्टराईको छायाङ्कन , सुजित श्रेष्ठको नृत्य निर्देशन र सुमन श्रेष्ठको मेकअप रहने छ । । चलचित्रमा गायक राजेश पायल राई , विक्रम राई , मेलिना राई र मिलन नेवार, गायक तथा सङ्गीतकार सन्तोष प्रगाढको स्वरमा गीत तयार भई रहेको जानकारी दिएका छन् भने चलचित्र निर्माणको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी सम्झना अर्मनी राईले गर्ने बताइएको छ ।

चलचित्रले गाउँघरको संस्कार संस्कृति तथा माया प्रेमको लडाइँको कथा रहने खुलाइएको छ ।

तपाईको प्रतिक्रिया