दाह्री ग्याङ काठमाडौंले बडादशैं, तिहार तथा छठपर्व २०७६ को अवसरमा आपसी भाइचारा तथा सामाजिक सद्भावलाई प्रभावकारी बनाउने हेतुले काठमाडौंको वसन्तपुरमा शुक्रबार शुभकामना आदानप्रदानका साथै चियापान कार्यक्रमको आयोजना गरियो ।
दाह्री ग्याङका सक्रिय सदस्य बाबु सुरेश डि.सि.को जन्मोत्सवको अवसरमा शुभकामना लगायत उपस्थित दाह्री ग्याङका सदस्यहरुलाई प्रचलनमा हराउँदै गएको शुभकामना कार्डद्वारा शुभकामना आदानप्रदान गरिएका हुन् ।
विशेषगरी,चाडबाडमा हुने विसंगतीलाई रोक्नको लागि मादकपदार्थ सेवन गरेर गाडी नचलाउने, अनावश्यक रुपमा भड्किलो तवरले खर्च नगर्ने, जुवातासमा सम्पत्ति खर्च नगर्ने र एकअर्काको सांस्कृतिक मुल्य मान्यतालाई सम्मान गर्दै यसपालीको बडादशैं, तिहार तथा छठपर्व २०७६ लाई हर्ष उल्लासमय रुपमा मनाउने प्रतिबद्धता गर्दै, सामाजिक संदेश प्रवाह गरिएको छ ।
यसका साथै काठमाडौं इन्जिनिरियङ कलेजको इलेक्ट्रोनिक र आइटीमा अध्ययनरत विद्यार्थीहरुला शनिबार भारतको तामिलाडुस्थित भिआइटी (भेलोर इन्स्टिच्युट अफ टेक्नोलोजी) मा हुने रोबार्टिज प्रतियोगितामा सहभागी जनाउन विदाई पनि गरिएको छ ।