जनजागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन अ‍ोम

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
91 Shares
रसुवा

रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ बनुवामा रहेको जनजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः ओम प्रसाद आचार्य चयन भएका छन् ।

आचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरी सम्पन्न भएको हो ।

शनिवार भएको २३ औ साधारण सभा तथा छैठो अधिवेशनबाट उपाध्यक्षमा रामकृष्ण प्याकुरेल, सचिवमा राममणि पौडेल, सहसचिव यदि प्रसाद आचार्य, कोषाध्यक्ष गणेश श्रेष्ठ रहेका छन् ।

सदस्यहरूमा अर्जुन देवकोटा, ज्ञानु अर्याल, मैयादेवी देवकोटा, नारदप्रसाद आचार्य, निर्मला श्रेष्ठ, सन्तोषी रिजाल आचार्य, लेखा समिति संयोजकमा मुकुन्दप्रसाद पौडेल रहेका छन् ।

यसै गरी सदस्यहरूमा वासु आचार्य, मधुसूदन आचार्य चयन भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका