रसुवामा बढ्न थाले पर्यटक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
रसुवा

हिमाली क्षेत्रको प्रकृति सँग रमाउन रसुवा प्रवेश गर्ने आन्तरिक एवं बाह्य पर्यटकको आगमन सङ्ख्या क्रमिक रूपले बढेको छ । पर्यटकको आगमन बृद्वि हुनथाले पश्चपश्चात् हिमाली स्थानको पैदल मार्गमा सञ्चालित होटेलहरूमा खाने बस्ने सेवा सुविधामा क्रमशः सुधार कार्यको थालनी समेत भई सकेका होटेल व्यवसायी सङ्घले जनाएको छ।

चालू आवको साउनदेखि हाल मङ्सिर मसान्तसम्मको तुलना गर्दा लाङटाङ तथा गोसाईंकुण्ड पद मार्गमा १९ हजार ८ सय ७ जनाले भ्रमण गरिसकेको डाटामा उल्लेख छ । गत वर्षको अवधिमा १२ प्रतिशतले पर्यटक आवागमनमा वृद्धि भएको छ। तीमध्ये साढे १६ हजार नेपाली र अन्य सार्क लगायत अन्य मुलुकका नागरिकको आगमन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा बढी मात्रामा नेपाली जाने र लाङटाङ क्षेत्रमा भने विदेशी पर्यटक केन्द्रित हुने गरेको निकुञ्जका अभिलेखकर्ता रेन्जर सुनिल राउतले जानकारी दिए । निकुञ्ज सम्बन्धी बनेको ऐन नियम अनुसार नेपालीका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ र विदेशीका लागि प्रतिव्यक्ति ३ हजार र सार्क राष्ट्रका नागरिकलाई १ हजार ५ सय रुपैयाँका दरले निकुञ्ज प्रवेश शुल्क लिने गरेका जनाइएको छ ।

पर्यटक लगायत लाङटाङ ,राष्ट्रिय निकुञ्जले चालू आवको पाँच महिनाको अवधिमा रु एक करोड ९९ लाख २७ हजार १५८।२६ राज्य कोषमा दाखिला भइसकेको बताइएको छ ।

हिमाली क्षेत्रमा पाहुनाहरूलाई प्राकृतिक श्रोतको छटा, उकाली ओराली , ताल , तलैया , भञ्जयाङ चौतारीको साथै चौँरीका खर्क , बाटो हिँड्दा देख्न सकिने जनावर लगायतका सम्पदा वन वनस्पतिले मनमोहक बनाउने गरेको पर्यटकहरूले प्रतिक्रिया दिएका छन्।

राजधानी काठमाडौँबाट एक सय २० किमीको छोटो दूरी र रसुवाको उच्च भागमा अवस्थित हिमाली प्राकृतिक छटाको, शास्वाधन लिन अत्यन्तै सरल भएका कारण मन मस्तिकले घुम्ने सोच बनाउँदा पहिलो रोजाई रसुवा पर्ने गरेको आगन्तुक पाहुनाहरूले बताएका छन् ।

पाउनाको चापलाई मध्यनजर राख्दै खानबस्नका लागि गुणस्तरीय सेवा दिन स्थानीय बासिन्दाले पूर्वाधारको सुदृढीकरण गरी सकेका कारण निर्धक्क साथ यात्रा गर्न सबै यात्रु पाहुनाहरूलाई अनुरोध गरिएको होटेल व्यवसायी संघकका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए ।

पर्यटकले प्रतिदिन सरदरमा दुई हजार पाँच सय खर्च गर्ने र स्वदेशी तथा विदेशी पर्यटकबाट यस वर्षको पाँच महिनामा रु ४९ करोड ५१ लाख ७५ हजार पाँच सय खर्च गरेको आर्थिक विश्लेषकले अनुमान गरेका छन् ।

रसुवा जिल्लाको भ्रमणका लागि काठमाडौँको बालाजुबाट एकदिन्को टाटा सुमो तथा बस जस्ता सवारी साधनबाट धुन्चे पुगी सदरमुकाम एक रात बास बास बसेर भोलि पल्टदेखि पैदल यात्रा सुरु गर्ने परम्परा रही आएको छ ।

पर्यटक आगमनको समयलाई मध्यनजर राखी पैदल मार्गका गौडा गौडामा नेपाल प्रहरीले सुरक्षा गस्तीलाई तीव्रता दिएका छ। जिल्ला प्रहरी प्रमुख सुवास वुढाथोकीले सुरक्षा आवश्यक परेमा नजिकको प्रहरी चौकी वा पर्यटन प्रहरी स्याफ्रुवेँसी तथा नजिकको सुरक्षा पोस्ट एवं जिल्ला प्रहरी रसुवाको फोन नं ०१०५४०१९९ र ९८५१२७५५५५५ मा खबर गरी सहयोग गर्न सम्पूर्ण हिमाली पदयात्री तथा पद प्रर्द्वशक समेत सबैलाई अनुरोध गरिएको छ ।

हिमाली पदयात्रामा जाने सबै महानुभावले दिर्ध रोगका बिरामीले नियमित ओषधी साथमा र यात्रा गर्नु पूर्व अपनाउनु पर्ने सावधानी थप ओषधी एवं चिकित्सकको परामर्श समेत लिनुहुन समेत अनुरोध गरिएको जनस्वास्थ्य प्रमुख भीम सागर गुरागाईँले बताए ।

समुद्र सतहबाट लाङटाङको क्याङ्जेन तीन हजार नौ सय र गोसाईंकुण्ड क्षेत्र चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित रहेको बताइएको छ

रसुवा घुम्ने आन्तरिक एवं बाह्य पर्यटकका लागि जिल्ला भित्र तीन सय भन्दा बढी होटेल रहेको र कुनै पनि स्थानमा पुग्दा खान बस्न समस्या नहुने होटेल व्यवसायी सङ्घ रसुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया