प्रशासनको कार्यले जनप्रतिनिधि र स्थानीय उत्साहित

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
203 Shares
रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवाले नौकुण्ड गाउँपालिकाको जनप्रतिनिधि र स्थानीयहरूसँग अन्तरक्रिया गरेको छ ।

स्थानियस्तरमा नै शान्ति सुरक्षा लगायत प्रशासनिक सेवा कस्तो रहेको छ ? विषयमा गरेको अन्तरक्रियाले जनप्रतिनिधि र स्थानीयको जनमानसमा उत्साह जगाएको छ ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल आफै स्थानीय तह र सुरक्षा निकायको समन्वयमा स्थानीय स्तरमै पुगेर शान्ति सुरक्षा प्रशासनिक सेवा र गुनासो समेत सुन्नु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकी, सशस्त्र प्रहरी २० नम्बर गुल्मका गुल्मपति सुमन थापा सहितको टोली नौकुण्ड गाउँपालिका पुगेर अन्तरक्रिया तथा छलफल गर्दा सहभागी हरूबाट शान्ति सुरक्षा मजवुत बनाउन प्रहरी को सङ्ख्या थप गरी ढिला सुस्ती भइरहेका विकास निर्माण का कामहरूमा समन्वय गरिदिनु हुन अनुरोध समेत गरेका थिए ।

अन्तरक्रियामा लागू औषध, प्रहरी तथा प्रशासनिक कामकारबाही, अपराध नियन्त्रण लगायतका विषयमा छलफल गरी प्रशासनिक सेवालाई चुस्तदुरूस्त बनाउन गाउँ र गाउँमा धुम्ति शिविर गर्नुपर्ने स्थानीयको माग रहेको बताइएको छ।

कार्यक्रम मा प्रहरी नागरिक सुनुवाइ स्थानीय तहले समन्वय गरेको थियो । कार्यक्रम गाउँपालिकाको प्रमुखको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका