उप्रेतीको मुक्तक सङ्ग्रह ‘शस्यमञ्जरी’ लोकार्पण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तक सङ्ग्रह ‘शस्यमञ्जरी’ शनिवार लोकार्पण भएको छ । सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौँमा हामी र हाम्रो कृति समूहको दशौँ कृति लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, पत्रकार एवं नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी र समूहका संस्थापक सदस्य हरि प्रसाद गौतमले गरिएको हो ।

लोकार्पित कृतिमाथि समीक्षा प्रा.डा. गोविन्द मानसिंह कार्कीज्यूले उत्कृष्ट रहेको बताएका छन् ।

कार्यक्रममा वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँ घरे‚ दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृत मञ्चकी अध्यक्ष तारा केसी रहेका थिए ।

कार्यक्रममा समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले समूहको उद्देश्य र भावी कार्यक्रमबारे प्रकाश पारिएको थियो ।

विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी र साहित्यानुरागी मनहरू उपस्थित रहेका थिए ।

कार्यक्रमको सञ्चालन गजलकार तथा हातेमालो साहित्य सङ्गमकी महासचिव विमला दाहालज्यूले गरेकी थिइन् ।

कार्यक्रममा सर्जकहरू लव खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल ‘नवशिला’ ,पूर्ण बहादुर श्रेष्ठ, सरिता थापा मगर, दुर्गा किरण तिवारी, मिना चौलागाईँ, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम बिचार ‘सर्जक’ , रुद्र अधिकारी , गणेशबाबु अधिकारी, नम्रता उप्रेती, उषा के। सी। शान्ति शर्मा, निलाञ्जला भारद्वाज, विनोद खत्री आकाश, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे, मानन्धर अभागीहरूले, लोकार्पित कृतिबाटै मुक्तक वाचन गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया