‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्राण्ड फिनालेमा मकर योन्जन‚ तामाङ कलाकार सङ्घद्वारा योन्जन जिताऔँ अभियान सञ्चालन

भोट गर्न अपिल

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
266 Shares
काठमाडौं

‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले आगामी पुस २७ गते हुने भएको छ । शुक्रवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेमा टिम राजेश पायल राईको समूहबाट मकर योञ्जन‚ टिम मिलन नेवारबाट विनोद राई, टिम प्रमोद खरेलबाट नोगेन लिम्बु र टिम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट प्रवेश गरेका छन् ।

यसैमा तामाङ कलाकार सङ्घले एक कार्यक्रम आयोजना गरी ‘मकर योन्जनलाई जिताऔँ अभियान’ सञ्चालन गरेका छन् ।

सोमबार तामाङ घेदुङको सभा हलमा एक कार्यक्रमबिच कलाकार सङ्घले योन्जनलाई जिताउन अभियान नै सञ्चालन गरेको उद्घोष गरेका हुन् ।

सङ्घका अध्यक्ष विशाल काल्तानले यसअघिका विभिन्न रियालिटी शो हरुमा पनि कलाकार सङ्घले अभियान सञ्चालन गरेर विजेता बनाउन सहयोग गरेको बताउँदै योन्जनको लागि पनि सराहनीय हुने बताए ।

यसैबिच कार्यक्रममा सङ्घका सल्लाहकार एवं गायक सङ्गीतकार चन्द्रकुमार दोङले भोटिङका लागि ६ हजार रुपैयाँ‚ तामाङ सोसाइटी अफ युकेका महासचिव मणि मोक्तानले १७ हजार र गायक एवं सङ्गीतकार विश्व दोङले ३ हजार लगायतले सहयोग गरेका छन् ।

त्यसै गरी मकर योन्जनले म साझा मान्छे हुँ । तपाइकै छोरा‚ भाइ भतिजा हुन् । सबैले भोट गरेर विजेता बनाउन आह्वान गर्दै भोटको अपिल गरेका छन् ।

चारै जना फाइनलिस्टको भोटिङ पनि खुला भएको छ । योन्जनलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरेर टिम राजेपायश राई छानेर भोट गर्न सकिनेछ ।

फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।

शुक्रवार र शनिवारका एपिसोडबाट मकर, मोनिका, तेन्जिङ र नोगेनमध्ये दुई जना फिनालेमा प्रवेश गर्नेछन् । त्यसपछि फिनाले समीकरण तयार हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका