बेल विवाह संस्कारमा भाषाको प्रयोग विषयक गोष्ठी सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौं

नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा (मातृभाषा, कोश र व्याकरण) विभागद्वारा ‘बज्रयान सम्प्रदायमा बेल विवाह संस्कारमा भाषाको प्रयोग’ विषयक विचार–गोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।

प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर उक्त गोष्ठीको उद्घाटन गरिएको थियो । उनले नेपाल भाषा र नेवार संस्कृति समृद्ध रहेको छ । यसमा पनि नेवार जातिका बालिकाको बेलसँग हुने विवाहलाई ‘इही’ संस्कार भनिन्छ । यो छुट्टै खालको मौलिक संस्कार पनि हो ।

डा. बज्रमुनि बज्राचार्यले प्रस्तुत गरिएको सो कार्यपत्र मौलिक र नवीनतम छ ।यसले अनुसन्धानको नयाँ पाटो खोलेको छ भन्ने धारणा राखिएको थियो ।

यसै गरी धन्यवाद ज्ञापनका क्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेवार संस्कृतिमा इही अर्थात् बेल विवाह विल्कुलै नेपाली मौलिक सम्पदा हो । यस्ता सम्पदाको बारेमा प्रयुक्त हुने भाषाको अध्ययन गर्न आवश्यक रहेको बताएको थियो ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिवु’ले ‘सबै भाषा सबै ज्ञान सबैको प्रतिष्ठान भन्ने उद्देश्यअनुरूप बज्रयान सम्प्रदायमा बेल विवाह संस्कारमा भाषाको प्रयोग’बारे गोष्ठी गरिएको बताए ।

नेवारको यस टिपिकल संस्कृतिबारे अरू जातजातिसम्म पनि पुगोस् भन्ने हेतुले नेपाली भाषामा नै यो कार्यपत्र प्रस्तुत गरिएको हो । यसले सबै भाषा,सबै धर्म र संस्कृतिलाई घच्घच्याउने छ ।अरू पनि इही जस्ता मौलिक संस्कृतिमा प्रयोग हुने भाषाबारे कार्यक्रम निरन्तर हुँदै जाने बताउनुभएको थियो ।

गोष्ठीमा डा। बज्रमुनि बज्राचार्यले ‘बज्रयान सम्प्रदायमा बेल विवाह संस्कारमा भाषाको प्रयोग’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । यस कार्यपत्रमाथिको टिप्पणी संस्कृतिविद् फणीन्द्ररत्न बज्राचार्यले गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका