दिदिबहिनी समूह साउदीकी अध्यक्षमा तामाङ 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
203 Shares
दमाम, साउदी अरब

दिदिबहिनी समूह साउदी अरबको अध्यक्षमा राममाया तामाङ चयन भएकी छिन् । तामाङलाई गत शुक्रबार समूहको दमामस्थित बसेको भेलाले चयन गरेकी हुन् । उनी सन् २०२४ देखि २०२६ सम्म अध्यक्ष रहनेछन् ।

समूहको भेलाले उपाध्यक्ष मिना योन्जन, कोषाध्यक्ष पुष्पा राई, सहकोषाध्यक्ष गीता सुवेदी, महासचिव मन्जु परियार र सचिव चन्द्र राई चयन गरेका छन् ।

त्यसैगरी दिदिबहिनी समूहको सदस्यहरु क्रमशः कुमारी माया तामाङ, कमली तामाङ, पुतली तामाङ, देवकी विक, विष्णुमाया तामाङ, निमा धिमाल, कला राई रहेका छन् ।

अध्यक्ष तामाङले साउदीमा कार्यरत दिदिबहिनीहरुलाई परेको समस्या समाधान गर्न समूह र आफू लागिरहेको बताइन् । अध्यक्ष चयन भएपछि भने थप जिम्मेवारी थपेको तामाङले सुनाइन् । अध्यक्ष तामाङ झन्डै एक दशकअघि साउदी अरब पुगेकी हुन् । सिन्धुपाल्चोक लिसंखु पाखर-२, की तामाङ हाल भक्तपुर बसाई सरेकी छिन् ।

दिदिबहिनी समूहले साउदीमा कार्यरत महिलाहरुको विभिन्न समस्यलाई दूतावाससम्म पुर्‍याउने काम गर्छन् । समूहले यहाँ बेसहारा महिला कामदारहरुलाई खानेबस्ने लगायतको व्यवस्थापन समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया