नेपाल–तिब्बत युद्धकालीन मालागढीमा राष्ट्रिय झन्डा ठडियो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
147 Shares
रसुवा

रसुवा जिल्ला गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर १ थुमनमा रहेको माला भन्ज्याङ स्थित नेपाल–तिब्बत युद्धकालीन मालागढीमा राष्ट्रिय झन्डा राख्ने कार्य सम्पन्न भएको छ ।

नेपाली सेना विष्णु दल गणले जीर्णोद्धार रहेको झन्डा सरसफाइ गरेर ठड्याइएको छ । मालागढी नेपाल–चिन प्रवेश गर्ने दोस्रो नाकाको रूपमा परिचित छन् ।

पैदल मार्ग रहेको यस ठाउँमा सुरक्षा व्यवस्थापन राम्रो नभएका कारण यो नाका अ‍ोझेलमा रहेको छ । सेनाले मालागढीमा पुगेर झार बुट्यान‚ काम नलाग्ने रूखहरू पन्छाएर सरसफाइ गरी यस गढीको अस्तित्व र महत्त्वलाई जोगाई प्रशंसा गर्न योग्य भएको रसुवा नागरिक समाजका अध्यक्ष बावुलाल तामाङले बताए ।

नेपालको विभूति (भृकुटी लिच्छवि शासक अंशु वर्माको छोरी) चीनको शासन श्रोङचोङ गोम्पोसँग विवाह गरेपछि मालागढीको बाटो हुँदै पहिलो पटक तिब्बत गएको भन्ने ऐतिहासिक तथ्यहरू इतिहासमा उल्लेख गरिएको छ । मालागढी सिमाना नजिकै चिनियाँ भूमिमा एउटा विशाल चट्टान रहेको छ । जसको नाम रोङतोय ध्योदेन ग्यासाङ हो। जुन २.२ मिटर अग्लो र ३ मिटर चौडाइ रहेको छ ।

यस मालागढी धेरै भन्दा धेरै कम मानिसहरूलाई मात्र थाहा छ । तर नेपाली सेना विष्णु दल गणले यस गढीको संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको छ । स्थानीय सरकारले अलि चासो दिएर लाग्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन र अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्छ ।

यस स्थानका स्थानीयलाई सोधेर विष्णु दलले प्रचारप्रसार होस भन्ने उद्देश्यले गढीको भग्नावशेषको उद्धार गरेका हुन् । मालागढिसँगै अर्को थुम्को गढी जस्तै सँगै रहेको छ ।

पुराना पर्खाल जस्तो पनि देखिने र गोठ जस्तो देखिने यस ठाउँ अग्लो भन्ज्याङ यहाँबाट युद्धकालीन समयमा चिनियाँ फौजसँग युद्ध लडेको भन्ने सङ्केत देखिन्छ ।

पुर्खाको धरोहर गढी, आस्थाका धरोहर देव देवालय प्रकृतिलाई नजिकबाट नियालेर संरक्षणमा लागि परेको नेपाली सेना विष्णु दल गण लगायत गणका प्रमुख सेनानी विक्रम थापाको योगदानलाई रसुवावासीले सम्झिरहने रसुवा नागरिक समाजले जनाएको छ ।

तपाईको प्रतिक्रिया