पौषे औंशीमा बेत्रावतीमा २० हजार श्रद्धालुहरूले पितृहरूको नाममा श्राद्ध गरे

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
210 Shares
रसुवा

रसुवा र नुवाकोटको सङ्गमस्थल बेत्रावती धाममा पौष शुक्ल औंशीको अवसर पारेर  २० हजार  श्रद्धालुहरूले  आफ्नो पितृहरूको सम्झनामा श्राद्ध गरेका छन् ।

देशको विभिन्न स्थानहरू जुम्ला, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, चितवन, नुवाकोट, रसुवा लगायतका टाढा टाढाको मानिसहरू यस पवित्र भूमिमा  आफ्नो  दिवङ्गतहरूको सम्झनामा तर्पण दिन्छन् ।

चार धाम मध्येको एक धाम बेत्रावती हिन्दु तथा बौद्धको पवित्र धाममा रुपमा परिचित छन् ।  सत्ययुगमा  भगवान् शिवले कालकुट विष पिई त्यसको राप शान्त पार्न भौँतारिएर हिँडेको अवस्थामा त्रिशूली नदी र महादेवले नै वेदको लौरोले खोपेर उत्पत्ति भएको बेत्रगंगास्थित फलाखु खोलाको संगमस्थल समेत भएकोले पवित्र स्थलको रूपमा परिचित छ । यस ठाउँमा २०४९ सालमा योगी  नरहरिनाथले कोटिहोम लगाएपछि झनै बेत्रावतीको धार्मिक महत्त्व बोकेको छ ।

यस ठाउँमा पितृहरूको नाममा श्राद्ध गर्नाले सिधै स्वर्गमा वास हुने र सन्सार कै ठुलो गया मध्येको एक उत्तर गया हो । यहाँ हरेक वर्ष श्राद्ध गर्न मानिसको भिड लाग्ने बेत्रावतीका स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले बताए ।

भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्दछन्।यस ठाउँमा आएर परलोक भएका आफ्ना बाबुआमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृ मोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ ।

उत्तर गया क्षेत्रको इतिहास

नेपाल र तिब्बतबिच १८४९ सालमा भएको ऐतिहासिक बेत्रावती सन्धि पनि यही ठाउँमा भएको तथ्य छ । सिगात्सेसम्म नेपाली गोर्खाली सेना चीनको छिङ महाराजाको ठुलो सङ्ख्यामा आएका सेनासंग पछि हट्न बाध्य भएका नेपाली गोर्खाली सेना र चिनियाँ सेनाको लडाइँ रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा भएपछि दुवैले ठुलो क्षति व्यहोरेपछि नेपाल–तिब्बत–चीनबिच सन १७९२ अक्टोबर ५ मा सन्धि गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया