टेलिकमले पुस २७ देखि ‘विन्टर अफर २०८०’ घोषणा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
काठमाडौं

नेपाल टेलिकमले पुस २७ देखि ‘विन्टर अफर २०८०’ घोषणा गरेको छ।

कम्पनीका अनुसार यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ। यस अनुसार १ दिनको समयावधिका  लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछ।

त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनको समयावधिका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ। त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५*१# डायल गर्नुपर्ने छ।

त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया