उपमहासचिव घिसिङद्वारा सङ्गीतकर्मी सङ्घको कार्यालय उद्घाटन

सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ बागमती प्रदेशको कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्देशक एवम् निर्माता समेत रहेका आम जनता पार्टीका केन्द्रीय उपमहासचिव अरुण घिसिङले काठमाडौँको माछापोखरी बसन्तनगर गुम्बा बालाजुमा शुक्रबार सो कार्यालयको उद्घाटन गरेका हुन् ।

‘हाम्रो कला र संस्कृति गौरवपूर्ण सान, कलाकर्मीको उत्थानको लागि हाम्रो साझा अभियान’ भन्ने मुल नारासहित सम्पूर्ण कलाकर्मीहरुको साझा घरका रुपमा २०६२ सालमा स्थापना भई अघि बढिरहेको सङ्घको प्रदेश कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि घिसिङले राष्ट्रिय सङ्गीतकर्मी सङ्घ बागमती प्रदेशले कार्यालय स्थापना गरेकोमा खुशी व्यक्त गरे । उनले सङ्घले दुःखमा परेका कलाकारहरुको पीडा सम्बोधन गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि घिसिङले राष्ट्रिय सङ्गीतकर्मी सङ्घ बागमती प्रदेश समितिबाट गीत सङ्गीतको माध्यमबाट समाजमा योगदान पुर्‍याएका कलाकर्मीहरुलार्इ सम्मानपत्र र प्रशंसापत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका केन्द्रीय प्रतिनिधि र विभिन्न सङ्घ संस्थाबाट उपस्थित विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विभिन्न अग्रज चर्चित कलाकारहरु आबद्ध रहेको सङ्घले नेपालका सबै जिल्लामा जिल्ला कार्यसमिति, सबै प्रदेशहरुमा प्रदेश कार्यसमितिहरु र अधिकांश स्थानीय तहमा स्थानीय समितिका साथै अमेरिका, बेलायत, जापान, कोरिया, मलेसिया, दुबाईलगायतका धेरै देशहरुमा पनि सङ्गठन बिस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका