दोलखा लामाबगर–लप्चि सडक सुख्खा पहिरोमा एकको मृत्यु‚ दुई घाइते‚ उद्धारमा कठिनाइ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
दोलखा

दोलखा । दोलखाको उत्तरी लामावगर–लप्चि सडकमा सुख्खा पहिरो खसेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर बिगु गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा सोही स्थानका ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ रहेको दोलखा जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनीहरू तीनै जना नासा हाइड्रो पावरको सडक निर्माणका काम गर्ने मजदुर हुन् ।

लामावगरवाट लप्चि जाने सडक निर्माणको क्रममा देउराली भन्ने स्थानमा दिउँसो करिब ३ बजे माथिबाट खसेको सुख्खा पहिरोले उनीहरूलाई पुरेको थियो । पहिरोका कारण घटनास्थलतर्फ जाने सडक र बाटो अवरुद्ध भएको तथा मौसम प्रतिकुलताका कारण हेलिकोप्टर आउन नसक्दा उनीहरूको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलको बोर्डर आउट रिच पोस्ट (बिओपी) लामावगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयन्त केसीले जानकारी दिए । घटनास्थल लामावगरबाट करिब १० किलोमिटर उत्तरमा पर्दछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया