११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल हुने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
126 Shares
धुन्चे, रसुवा

आगामी माघ २० गतेदेखि २३ गते सम्म आयोजना हुने ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिता उतरगया गाउँपालिकाको खाल्टे र बोगटिटारमा हुने भएको छ ।

माघ ४ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिताका सल्लाहकार समितिका संयोजक एवम् जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा सदरमुकाम धुन्चेमा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रतियोगितामा निर्देशिका अनुसार पालिका भित्रबाट छनौट गरिएका भलिबल, एथलेटिक्स १००, २००, ४००, ८००, १५०० सय मिटर दौड, रिले दौड, हाईजम्प, त्रिपलम्प, लङजम्प, सर्टफुट, ज्याब्लिङ थेरा, तेक्वान्दो लगायतका खेलहरू हुने जिल्ला खेलकुद विकास समिति रसुवाले जनाएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमले र उतरगया गाउँपालिकाले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

विद्यालय स्तरीय र बालबालिकाहरूको खेलप्रतिको लगावलाई थप वढावा दिई निखारता ल्याउन हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता साढे २ दशक पछि दोस्रो पटक सदरमुकाम बाहिर गर्न लागिएको हो ।

हरेक क्षेत्रमा जस्तै बालवालिकादहरूकको भविष्य खेलकुदमा पनि रहेकाले यसलाई पनि वढावा दिई प्रोत्साहन गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति रसुवाका कार्यालय प्रमुख रमेश श्रेष्ठले बताए ।

बैठकले प्रतियोगिताको खर्च विवरण सहितको प्रस्ताव तयार गरी प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्मा पेस गर्न जिल्ला खेलकुद विकास समिति रसुवा का अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।

अध्यक्ष न्यौपानेका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल ९ लाख ८१ हजार ५ सय ५० रुपैयाँको लागत लाग्ने बताए । जिल्लामा कुल बजेट ३ लाख मात्रै प्राप्त भएको छ । प्रतियोगिताका सहभागी‚ व्यवस्थापनका लागि खटिने प्रशिक्षक तथा रेफ्रि र पाहुनाहरूका लागि यातायात, आवास व्यवस्था गर्न ५ वटै पालिकाले विषय गत समिति बनाएर काम पूरा गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया