लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ दोलखाको अध्यक्षमा थिरबहादुर मोक्तान निर्वाचित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
दोलखा

नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ दोलखाको अध्यक्षमा थिरबहादुर मोक्तान निर्वाचित भएको छ ।

शनिवार दोलखामा भएको दोस्रो अधिवेशनबाट मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष निरबहादुर तामाङ, उपाध्यक्ष टहल थामी, सचिव लुङ्गु लामा, उपसचिव सुवास सुरेल र मनीषा तामाङ लगायत ४८ सदस्य चुनिएका हुन् ।

कमिटीले आगामी दिनहरूमा क्रियाशील भएर कमिटीलाई सशक्त र मजबुत बनाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया