तामाङ समाज पोर्चुगलको अध्यक्षमा योन्जन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
945 Shares
पोर्चुगल

तामाङ समाज पोर्चुगलको अध्यक्षमा गोपाल योन्जन तामाङ चयन भएको छ । योन्जन समाजको सातौं अधिवेशनबाट चयन भएको हो ।

आइतबार पोर्तुगलको लिस्बनमा सम्पन्न अधिवेशनले अध्यक्ष योन्जनसँगै कार्यसमितिको उपाध्यक्षहरु क्रमशः दिलकुमारी घिसिङ, राजेन्द्र घलान, राजु मोक्तान तामाङ र सुरज तामाङ रहेका छन् । त्यसैगरी उक्त अधिवेशनले महासचिव कुमार सिंह बल, सचिव निशा दोङ, कोषाध्यक्ष सम्झना लामा र सहकोषाध्यक्ष म्लाङ्सिंह तामाङलाई चयन गरेका छन् ।

त्यस्तै तामाङ समाज पोर्चुगलको कार्यसमिति सदस्यहरु क्रमशः मनमाया तामाङ, जीवन स्याङ्तान, प्रितम लो लामा, लक्ष्मी लामा, राकेश तामाङ, मिलन लामा, टीकाराम तामाङ, रामकृष्ण तामाङ, बुद्धि तामाङ, शेरबहादुर तामाङ, धर्मराज गोले, समीक्षा घिसिङ, रश्मि तामाङ, सुमन लामा, भारती तामाङ र सुनील लामा रहेका छन् ।

तामाङ समाज पोर्तुगलको सातौं अधिवेशनबाट चयन भएका अध्यक्ष गोपालले जिम्मेवारी दिएकोमा समुदायलाई धन्यवाद दिए । आफुले पाएको जिम्मेवारीलाई हदैसम्म गएर पूरा गर्ने प्रतिबद्धता जनाउदै तामाङहरु एकीकृत भएर अगाडि बढ्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया