चाडपर्वको मुखैमा आएर भारतले प्याज आयातमा रोग लगाएपछि रसुवागढी हुँदै चीनको केरूङवाट प्याजको आयात बढेको छ ।
भन्सार प्रमुख पुण्यबिक्रम खड्काको अनुसार दशै तिहारका लागि हरेक नेपालीको घरमा पाक्ने प्याजमा आयात वढेको र ठुलो मात्रामा यसपटक दुई दिनमै ६२ हजार ५ सय ८० केजी प्याजको ३१ लाख ९३ हजार ६ सय २१ रूपैया को प्याज आयात भएको हो ।
आर्थिक वर्ष ०७५÷०७६ मा भारत र चिनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको थियो ।
प्याजको परिमाण हेर्दा ९८ प्रतिशत आयात हुने गरेको छ । चिनले अन्तराष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै तीन सयदेखि साढे तीन सय कन्टेनर आवातजावत गर्ने गरेको र व्यापारी व्यवसायीहरू समेतको चाप रहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार भारत बाट ९५ प्रतिशत प्याज आयात हुन्छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1