तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको अध्यक्षमा जीवन तामाङ निर्वाचित

63 Shares
आबुधावी

तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको सातौँ अधिवेशन सम्पन्न भएको छ।

२० जनवरी २०२४ आइतबारको दिन आबुधावी स्थित इन्ष्टा क्याफे अलफलामा सम्पन्न उक्त अधिवेशनले आबुधावी क्षेत्रीय समितिको अध्यक्ष जीवन कुमार तामाङलाई चयन गरिएको छ।

समितिको उपाध्यक्ष आशिष थोकर, सन्दीप लामा, राजकुमार थोकर कविता तितुङ, सचिव कोकिल स्याङ्तान, सह- सचिव सपना स्याङ्तान, कोषाध्यक्ष छ्योईसाङ दोर्जे तामाङ, प्रचारप्रसार विभाग शुशिल दोङ रहेका छन् ।

यसैगरी सदस्यहरू निरु योन्जन तामाङ, आशिक मोक्तान तामाङ, निम पासाङ बोम्जन, सुशीला तामाङ, साया मोक्तान, ससीम पाख्रिन, कल्पना लामा, पुर्णिामा तामाङ, सुमन लामा, दीपेन्द्र थिङ नविना तामाङ, सुनिता तामाङ सरिता योन्जन तामाङ, सल्मा तामाङ, अनिता तामाङ, उर्मिला थिङ तामाङ,नविना थिङ तामाङ, प्रमिला तामाङ हरि तामाङ, अमृत योन्जन, धन बहादुर तामाङ, श्याम स्याङ्तान, रविना सिङ्तान, सपना थिङ तामाङ, सुजन लामा, सागर घिसिङ निर्वाचित भएका छन् ।

त्यस्तै  वरिष्ठ सल्लाहकारहरूमा बुद्ध बहादुर तामाङ, वीर बहादुर लामा तामाङ, भिमराज तामाङ चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा तामाङ समाज युएईका केन्द्रीय अध्यक्ष डिल्लीराम तामाङ विशेष अतिथिहरूमा प्रमुख संरक्षक सनिल घिसिङ,अलएन क्षेत्रीय समितिका अध्यक्ष नमुना घिसिङ, सार्जाह क्षेत्रीय समितिका अध्यक्ष शिव तामाङ, दुबई क्षेत्रीय समितिका अध्यक्ष मुनराज लोप्चन लगायत विभिन्न संघसस्थाको प्रतिनिधिहरू रहेका थिए।

कार्यक्रममा आमन्त्रित अतिथिहरूले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना मन्तव्य समेत व्यक्त गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका