‘ग्याल्बो राजा’ वैशाख १५ गते प्रदर्शनको तयारी‚ दुइटा गीत सार्वजनिक (भिडियो)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
721 Shares
काठमाडौं‌

तामाङ कथानक चलचित्र ‘ग्याल्बो राजा’ आगामी २०८१ वैशाख १५ गते प्रदर्शन मिति तय भएको छ ।

शनिवार चलचित्र विकास बोर्डमा सोही चलचित्रको दुइटा गीत सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । ‘ङादा माया लाउ या आलाउ’ गीतको शब्द कुमार स्याङ्बा‚ स्वर निमा दोङ र रचना रिमालको रहेका छन् । त्यस्तै सङ्गीत निमा दोङकै रहेको छ । गीतको कोरियोग्राफर उत्तम श्रेष्ठ ‘शिशिर’‚ सागर गोले र फिचरिङमा नायक विनायक तामाङ‚ नायिका सङ्गीता तितुङ र रेशमकुमार स्याउली तामाङ लगायत रहेका छन् । यस्तै ‘डम्फु’ शिर्षकको गीतमा स्वर र सङ्गीत गायक तथा सङ्गीतकार विश्व दोङको रहेको छ । त्यस्तै शब्द कुमार स्याङ्बा रहेको छ ।

कार्यक्रमलाई सम्बोधन बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले नेपाली भाषामा मात्र नभएर हरेक भाषाको चलचित्र निर्माण गर्न आवश्यक रहेको बताएकी थिइन् ।

त्यसै गरी तामाङ चलचित्र सङ्घका अध्यक्ष कुमार मोक्तानले तामाङ भाषा संस्कृतिको संरक्षण र पहिचानका लागि तामाङ भाषामा मात्र नभएर नेपाली भाषामा पनि चलचित्र निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष पुर्खजित राई‚ कलाकारहरू लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा ४ दर्जन बढी व्यक्तिहरूलाई सम्मान पत्र तथा कदर पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा चलचित्रका लेखक एवं नायिका सङ्गीता तितुङ्ग तामाङको अध्यक्षता सम्पन्न भएको थियो ।

चलचित्रको निर्देशक विनायक तामाङले गरेका हुने भने सह निर्माता किताबसिंह घलान ‘किरण’ रहेका छन् । चलचित्रको सम्पादन बन्दे प्रसाद र छायाङ्कन सन्चु थोकर र सह–छायाङ्कनमा रेशमकुमार स्याउली तामाङले गरेका हुन् ।

चलचित्रको कथा सङ्गीत तितुङको रहेका छन् भने नायक विनायक तामाङ‚ नायिका सङ्गीता तितुङ लगायतको मुख्य भूमिका रहेका छन् ।

तपाईको प्रतिक्रिया