तामाङ चलचित्र निर्देशक सङ्घ गठन गरिएको छ । शनिवार राष्ट्रिय नाचघरमा एक कार्यक्रम आयोजना गरी सङ्घलाई आधिकारिक रूपमा घोषणा गरिएका हुन् ।
सङ्घको अध्यक्षमा केबी घिसिङ तामाङ‚ उपाध्यक्षमा गोपीलाल तामाङ‚ अमिरकुमार लामा‚ महासचिव विनय दोङ तामाङ‚ सचिव निमा (आइतेसिंह) जिम्बा र कोषाध्यक्ष कमल योञ्जन तामाङ रहेका छन् ।
यसै गरी सदस्यहरू बाबु जिम्बा (सूर्य बहादुर) तामाङ‚ राजकिङ वाइबा (सुकबहादुर) तामाङ‚ सञ्जय बल (साङ्गे) लामा‚ सुजन लामा (ध्वजमान) गोले‚ लाखमान योञ्जन तामाङ‚ हुत्त (सञ्जय बहादुर तामाङ) मिन सागर लामा‚ सन्तलाल घिसिङ‚ बाबु थिङ तामाङ‚ रोशन फ्युबा तामाङ‚ अजय स्याङ्तान‚ विनायक तामाङ‚ यमरसिंह ब्लोन‚ रूपेश थिङ‚ धन बहादुर तामाङ (सागर)‚ कमल रूम्बा तामाङ‚ राजकुमार मोक्तान र हिरालाल ब्लोन चुनिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संस्थाले बोकेका उद्देश्यहरूमा रही सङ्घलाई धैर्यतासाथ अगाडि बढ्न सक्नुपर्ने बताए । ‘विदेश गएका युवाहरूलाई रोक्ने होइन फर्काउनु पर्छ’‚ उनले भने‚ ‘नेपाललाई आकर्षक बनाएर फर्काउन सक्नुपर्छ । हाम्रो देश छोपिएको हिरा हो । त्यसलाई ताछिएर मिल्काउन मात्र बाँकी छ । त्यो अथाह सम्भावना हामीसँग छ ।’
यस्तै कलाकारहरूको संस्था तामाङ कलाकार सङ्घ‚ तामाङ चलचित्र सङ्घ‚ म्हेन्दोमाया कलाकार सङ्घ लगायतका संस्थाहरू रहेका छन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि‚ नेपाल चलचित्र समाजका अध्यक्ष‚ नेपाल प्रहरीका एआइजी टेक तामाङ‚ पूर्व एआइजी वसन्तकुमार लामा, बोन धर्मगुरु प्रकाश भुजेल लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रमलाई रेड चेरी कफि खुवाएर चिसोलाई न्यानो बनाएका थिए ।