तामाङ सम्पदा मार्गमा भ्रमण गर्न गएका एक पर्यटक शुक्रबार मृत अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेदरल्यान्डका २७ वर्षिय थोमसको शव गोसाईकुन्ड गाउँपालिका– १ को थुमन ईलाका क्षेत्र अन्तरगत रिछर जङ्गलको भौगोलिक विकट स्थानमा भेटिएको हो ।
प्रहरीको ३ वटा तालिम प्राप्त कुकुरको सहायताले नेपाल प्रहरी, स्थानियवासी र सिम्रिक एयरका दक्ष कर्मचारी समेतको प्रयासमा उक्त पर्यटको शव भेटिएको बताईएको छ ।
असोज १ गते बाट उनको परिवारको सम्पर्क बाहिर रहेको थियो । साथै सँगै गएका अर्का दक्षिण कोरियाली नागरिक सिसिङको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1