रसुवा भन्सारले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व सङ्कलन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
70 Shares
धुन्चे, रसुवा

रसुवा भन्सार कार्यालय टिमुरेले ६ महिनाको अवधिमा लक्ष्य भन्दा १५ प्रतिशतले बढी राजश्व उठाएको छ

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालू आर्थिक वर्षमा २० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा आर्थिक वर्षको छ महिनामा १० अर्ब ३२ करोड ५६ लाख रुपैयाँ राजश्व असुली गरेको जानकारी दिए ।

साउनदेखि पुस मसान्तसम्ममा ८ अर्ब ९६ करोड २६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको तुलनामा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०८०/२०८१ को ६ महिनासम्म राखेको लक्ष्यको १५ दशमलव १४ प्रतिशत बढी राजश्व सङ्कलन गरेको हो ।

गत साउनदेखि पुस मसान्तसम्म जुन लक्ष्यको तुलनामा १ अर्ब ३६ करोड ३० लाख बढी हो । गत वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षमा २ सय ९८ दशमलव २७ प्रतिशतले राजश्व सङ्कलन गर्न सफल भएको बताएको छ । गत आर्थिक वर्षकै पुस महिनामा ३ अर्ब ४६ करोड २३ लाख रूपैयाँ राजश्व उठेको र अहिले १० अर्ब ३२ करोड ५६ लाख रूपैयाँ राजश्व सङ्कलन भएको भन्सार प्रमुख पाठकले बताए ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, ईलेक्ट्रोनिक सामान लगायतका सामग्रीहरू नेपाल भित्रिन्छन् । नेपालबाट चीनतर्फ हस्तकलाको सामग्रीहरू गइरहेका छन् ।

भन्सार कार्यालयले निकासी पैठारी,महसुल सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गरेको बताइएको छ । चिनियाँहरूको ल्होसार पर्व आउन लागेका कारण १ महिना रसुवागढी नाका ठप्प नै हुन्छ।

तपाईको प्रतिक्रिया