नेकपाद्वारा चियापान सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
नुवाकोट

नेकपा म्यागङ गाउँपालिका नुवाकोटले असोज १७ गते देउरालीमा चियापान कार्यक्रम आयोजना गरी २०७६ सालको विजय दशमी, शुभ दिपावली, छडपर्व लगायतका विभिन्न चाडपर्वहरुका शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

प्रमुख अतिथि प्रदेश सांसद तथा नेकपाका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले शुभकामना दिदै नेकपा नेतृत्वको प्रदेश र सङ्घीय सरकारले थुप्रै जनपक्षीय नीति तथा योजनासहितका कार्यक्रमहरू बनिसकेका र कार्यन्वयन चरणमा रहेकाे बताए । स्थानीय पार्टी नेताहरुका समन्वयमा विकास निर्माणमा लागिरहने र पार्टी पङ्क्तिलाई सोही अनुरुप परिचालन गरी म्यागङलाई समृद्धितर्फ उन्मुख गराउँछु, सांसद हिरानाथले भने ।

त्यसैगरी विशेष अतिथि सङ्घीय सांसद नारायणप्रसाद खतिवडाले जनताद्वारा निर्वाचित प्रतिनिधिहरू जनताको साझा सेवक भएको बताए । सांसद खतिवडाले जनप्रतिनिधिहरुले भेदभाव नगरीकन विद्यामान ऐन्, नियम्, र कानून बमोजिम काम गर्नुपर्ने र गलत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

नेकपाका म्यागङ गाउँपालिका एकता कार्यदलद्वारा यसअघि नै आफ्नो प्रस्तावित गाउँपालिका सङ्गठन समिति प्रतिवेदन माथिल्लो समितिमा पेश गरिसकेको जिल्ला सदस्य सुकसागर तामाङले बताए । सदस्य तामाङले थपे- माथिल्लो समितिको निर्णय अनुसार सबै वडाहरुमा पार्टी कमिटिहरू निर्माण र परिचालन गर्छौं ।

कार्यक्रममा स्थानीय नेताहरुले पार्टीको तल्लो तहसम्म सङ्गठन निर्माणमा भएको ढिलाईका कारण काङ्ग्रेस नेतृत्वको स्थानीय सरकारले स्वेच्छाचारिता रबैयाका कारण जनतामा निराशा थपिएकाले संस्थागत रुपमै सशक्त अभियान ल्याउने पर्नेमा जोड दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया