निःशुल्क शिविरमा २ सय ७० जनाले लिए सेवा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
49 Shares
धुन्चे, रसुवा

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका को सिङबन्दि र थाङदोरमा माघ १४ र १५ गते भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर मा २ सय ७० जनाले सेवा लिएका छन् ।

यी दुई ठाउँहरू यातायात र स्वास्थ्य सुविधा सरल र सहज नहुँदा स्थानीय जनताले स्वास्थ्य सेवाबाट वञ्चित हुन परिरहेको अवस्थामा शिविर आयोजना गरिएको हो ।

नौकुण्ड गाउँपालिका र एएनएमएस संस्थाको संयुक्त आयोजनामा भएको हो ।

शिविरमा मधुमेह, उच्च रक्तचाप, दम, ग्यास्ट्रिक, नाक, कान, घाँटी, महिला सम्बन्धी र अन्य विविध रोगहरूको चेकजाँच र उपचार गरिनुका साथै हात धुने विधि धूम्रपान र मद्यपानको गम्भीर असरबारे जानकारी गराइएको डाक्टर सरोज श्रेष्ठले जानकारी दिए ।

स्थानीयहरू निःशुल्क स्वास्थ्य सेवा पाउने भएपछि हर्ष विभोर भई स्वास्थ्य जाँच गर्न आएको वडा नम्बर १ का वडा अध्यक्ष कान्छा तामाङले बताए ।

शिविरमा सिङवन्दि र थाङदोरमा रहेको प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कपि कलम¸फर ईलेजर वितरण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया