दुवाचौर भट्टार तालामाराङ सडक कालोपत्रे हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
203 Shares
सिन्धुपाल्चोक

दुवाचौर भट्टार तालामाराङ सडक कालोपत्रे गर्ने भएको छ ।

सोमबार मेलम्ची नगरप्रमुख आइतमान तामाङले शिलान्यास गर्दै वडा नं. ६ र ७ जोड्ने सडकको कालोपत्रेमा कामको गुणस्तर र परिमाणमा ध्यान दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।

मेलम्ची नगरपालिका र सङ्घीय समपूरक योजना अन्तर्गत ६ करोड ७८ लाख ५६ हजार ७९२ रुपैयाँमा रुद्रदेवी/बटुसफल जेभीले निर्माण कार्यको जिम्मा पाएको छ ।

कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाअध्यक्षहरु प्रेमबहादुर तामाङ, पासाङ तामाङ, किरणदिप खड्का, अमृत खनाल लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया