मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचारप्रसार तथा आगामी कार्यदिशा सम्बन्धी अभिमुखीकरण सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
हेटौडा

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रचारप्रसार तथा आगामी कार्यदिशा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आज हेटौँडामा सम्पन्न भएको छ ।

कार्यक्रम अस्ट्रेलियन एड, द एसिया फाउन्डेसन र महिला, कानुन र विकास मञ्चसँगको सहकार्यमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेल र महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, महिला, कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सबिन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति २०८० को प्रक्रिया, तर्जुमाको पृष्ठभूमि, विद्यमान समस्या, कार्यान्वयनको अवस्था, चुनौतीहरू, अवसरहरू, नीतिगत निर्देशक सिद्धान्त, नीतिको उद्देश्यहरू, कार्यनीतिहरू, विषयगत क्षेत्रमा सदस्यहरू, संरक्षण उपसमितिले गरेका क्रियाकलापहरू, हालसम्मको प्रगतिहरू, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानुनी व्यवस्थाहरू लगायत रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा लगायतको आतिथ्य रहेको थियो ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखाका प्रमुख गोपालप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशकी अध्यक्ष आरती पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मानव बेचबिखन तथा ओसारपसार मुक्त परिवेश, सचेत, सुरक्षित र संवृद्ध बागमती प्रदेश भन्ने नारासाथ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया