गायक मोक्तानको ‘ल्होछार’ म्युजिक भिडियो सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
504 Shares
काठमाडौं‌

गायक प्रविन्स मोक्तान तामाङको नयाँ गीत ‘ल्होछार’ सार्वजनिक भएको छ ।

तामाङ संस्कृति,धर्म एवं मौलिकतासहितको ल्होछारको महत्त्व दर्शाइएको गीतमा नायक तथा गायक प्रविन्सका साथै जितु लोप्चनको स्वर रहेको छ ।

कुमार स्याङ्बाको शब्द रचना र प्रविन्स आफ्नै सङ्गीत रहेको छ ।

शुक्र दोङको एरेञ्ज, दिपेस प्रधानको मिक्सिङ मास्टरीङ रहेको गीत ल्हासो म्युजिक स्टुडियोमा रेकर्डिङ भएको थियो ।

चर्चित कलाकार मोक्तानले यो ‘ल्होछार’ गीतलाई पनि दर्शक श्रोताहरूले पहिलाको गीतलाई झैँ माया गर्ने विश्वास व्यक्त गरिएको छ ।

यसअघि गायक मोक्तानको ‘तातोपानी माथि खासा–२’ को ‘चिसो चिसो हावा चल्यो’, ‘शैलुङ मेला री’ म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका