सिन्धु समाज अमेरिकाको अध्यक्षमा मोलम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
266 Shares
अमेरिका

सिन्धु समाज अमेरिकाको अध्यक्षमा युवा व्यवसायी दिपेश लामा (मोलम) चयन भएको छ । लामो समयदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका लामाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेका हुन् ।

समाजको उपाध्यक्षमा जयराम पण्डित, महासचिव कप्तान लामा, सचिव दीपेन्द्र थापा, कोषाध्यक्ष शान्ति थापा, सह–कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरू उदय पण्डित, बलराम काजी बस्नेत, दिलबहादुर श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, पार्वती लामा चयन भएका हुन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ का लामा सानै उमेरदेखि समाजसेवी भावना बोकेर सामाजिक सेवामा अग्रसर भएका व्यक्ति हुन् ।

लामाका अनुसार सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँबाट अमेरिकामा आई विभिन्न राज्यहरूमा विभिन्न पेसा व्यवसायमा सहभागी भएको व्यक्तित्वहरू मिलेर सिन्धु समाज अमेरिका स्थापना गरेको हो। यति मात्र नभै सिन्धुपाल्चोक जिल्लाको चौतर्फी विकासमा हातेमालो गर्ने र सिन्धुपाल्चोकबाट अमेरिका आएको विभिन्न व्यक्तिहरूलाई एकताको सूत्रमा बाँध्ने मुख्य उद्देश्य रहेको उनको भनाइ छ। साथै, अन्य आइपर्ने समस्याहरूमा समेत सहयोग गर्दै संस्थागत रूपबाट अगाडि बढ्नको लागि एक भेलाको आयोजना गरी अमेरिकाको क्यालिफोर्नियामा सिन्धु समाज अमेरिका घोषणा गरिएको उनले बताए ।

भेला विज्ञ समूहको संस्थापक नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो । विशेष अतिथिको रूपमा निर्वतमान सशस्त्र प्रहरी डिआइजी केबी व्रमाचार्य थियो ।

भेलाले क्यालिफोर्निया निवासी यज्ञलाल श्रेष्ठ को संरक्षकत्वमा अमेरिकी नियम कानुनको अधीनमा रही सामाजिक सेवा गर्ने गरी गैरसरकारी, गैरनाफामुलक संस्थाको रूपमा संस्था गठन गरिएको बताए ।

सिन्धु समाज अमेरिकाको संरक्षक यज्ञ लाल श्रेष्ठ¸कानुनी सल्लाहकार यज्ञ नेपाल सिन्धु समाज अमेरिकाको सल्लाहकार समितिको सदस्यहरू सुरज पाख्रिन¸ राजेश मोक्तान¸राम श्रेष्ठ, राजेन्द्र लामा, रतुल लामा, बुद्ध लामा, रवि पराजुली रहेका छन् ।

सिन्धु समाज अमेरिकाले निकट भविष्य नै विभिन्न कार्यक्रमहरू घोषणा गर्नुको साथसाथै काठमाडौँमा सिन्धु समाज अमेरिकाको सिन्धुपाल्चोक सम्पर्क कार्यालय काठमाडौँमा खोलिने बताइएको छ ।

साथै सम्पूर्ण सिन्धुपाल्चोकको युवाहरूलाई समाजसेवामा लगाउनको साथसाथै आत्मनिर्भर र अमेरिकामा सिकेको ज्ञान सिपलाई आफ्नो जन्मभूमिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर विभिन्न कार्यक्रम तर्जुमा गरी नेपालमा एक समिति निर्माण गरी सामाजिक क्षेत्रमा संस्थागत हस्तक्षेप गर्नेछ । सिन्धुपाल्चोक जिल्लामा भैपरि आउने कुनै पनि प्रकारको सहयोग गर्नको लागि संस्थाले कुनै कसर बाँकी राख्ने छैन भन्ने प्रतिबद्धता संरक्षक श्रेष्ठले गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नवराज लम्सालले सिन्धुपाल्चोकको विकासको लागि अमेरिकामा रहेका सबैले हातेमालो गर्नुपर्ने बताए ।

विगतमा पनि सिन्धुपाल्चोकको हरेक समस्यामा अग्रणी सहयोगीको रूपमा यज्ञलालले धेरै काम गरिएको छ¸ उनले भने, ‘घरबार विहीनहरूको लागि आफ्नो निजी खर्चमा ११ वटा घर बनाएर अमेरिकाबाट पहिलो नेपाली म्यारिल्याडको नेशनल डेलिगेट ह्यारी भण्डारीसहित गएर घर हस्तान्तरण गरेको विषय कोट्याउँदै अब अझै बढी सिन्धुपाल्चोकको विकासमा सिन्धु समाज अमेरिका कोशे ढुङ्गो हुने विश्वास छ ।’

यसै गरी विशेष अतिथि पूर्व डिआइजी व्रमचार्यले यति टाढा आएर पनि जिल्लाको विकास गर्न लागिपर्नु भन्ने कुरा नेपालीले मात्रै गर्न सक्ने र यो र यस्तै समाजसेवी काम अरू जिल्लाको नेपालीहरूले पनि प्रेरणा लिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया