रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाह निर्माणले गति लिएको छ ।
२ अर्ब १६ करोड ६० लाख रुपैयाँमा नेपाल ईन्टरमोडल यातायात विकास समितिले निर्माणको काम थालनी गरेको हो । सन २०२५ सम्ममा निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले यस अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुचारु भई हाल ५२ प्रतिशत काम सकिएको समितिका प्रतिनिधि आशिष् गजुरेलले जानकारी दिए ।
हाल भोटेकोसी किनारामा लगाइएको प्रोटेक्सन बालको काम सकिएको र वालमा माटो भर्ने बाटो निर्माण गर्ने तथा भवन निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । बन्दरगाहभित्र ३ सय १३ साना २३ वटा ठुला कन्टेनर रहने छ । त्यसभित्र इमिग्रेसन र पार्किङको व्यवस्था रहने छ । कार्गो गोदाम दुई वटा भवन निर्माण गर्ने योजना रहेको समितिका प्रतिनिधि गजुरेल बताए ।
नेपाल र चिन बिच भएको सम्झौता अनुसार चिनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दुरीमा रहेको र काठमाडौँबाट १ सय ५० किलोमिटर रहेको छ ।