रनिङशिल्डको उपाधि कालिका गाउँपालिकालाई

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
168 Shares
धुन्चे, रसुवा

माघ २० गतेदेखि २२ गतेसम्म भएको ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिताको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ ।

कालिका गाउँपालिकाले २२ स्वर्ण‚ ७ रजत, २ कास्य गरी पहिलो हुँदै शिल्ड प्राप्त गरेको हो । ५ स्वर्ण, १२ रजत, ९ कास्य गरी उतरगया गाउँपालिका दोस्रो भयो भने ४ स्वर्ण ८ रजत, ८ कास्य गरी गोसाईंकुण्ड गाउँपालिका तेस्रो भएको हो । सान्त्वना हुनेमा नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिका भएका छन् ।

नीलकण्ठ माध्यमिक विद्यालय वोगटिटारमा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमले प्रतियोगिता सञ्चालनका लागि खर्च धान्न कठिन भएको वेला उतरगया गाउँपालिकाले जिम्मेवारी वहन गरी नीलकण्ठ माविको खेल मैदानमा गरिएको हो ।

बिद्यालय स्तरीय र बालबालिकाहरूको खेलप्रतिको लगावलाई थप वढावा दिई निखरता ल्याउन हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता साढे २ दशक पछि दोस्रो पटक सदरमुकाम बाहिर भएको हो ।

प्रतियोगिता सञ्चालनका लागि कुल ९ लाख ८१ हजार ५ सय ५० रुपैयाँ को लागत लाग्ने र जिल्लामा कुल बजेट ३ लाख मात्रै प्राप्त भएको छ ।

प्रतियोगिताका सहभागी, व्यवस्थापनका लागि खटिने प्रशिक्षक तथा रेफ्रि र पाहुनाहरूका लागि यातायात, आवास व्यवस्था गर्न ५ वटै पालिकाले विषय गत समिति बनाएर काम पूरा गरेको खेलकुद विकास समिति रसुवाले जनाएको छ ।

बर्सेनि हुँदै आएको यो प्रतियोगिता साढे २ दशक पछि दोस्रो पटक सदरमुकाम बाहिर गर्न लागिएको हो । हरेक क्षेत्रमा जस्तै बालबालिकाहरूको भविष्य खेलकुदमा पनि रहेकाले यसलाई पनि बढावा दिई प्रोत्साहन गर्नुपर्ने जिल्ला खेलकुद बिकास समिति रसुवाका कार्यालय प्रमुख रमेश श्रेष्ठले बताए ।

जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजना र उतरगया गाउँपालिका खाल्टेको सह(आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम विकास समितिका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको हो ।

प्रतियोगितामा प्रतिनिधि सभाका सदस्य मोहन आचार्यको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका प्रमुख असोक घिमिरे, उपप्रमुख विजय लामा, उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु साङवो घले ,उपाध्यक्ष कालिका गाउँपालिका मिरा लामा, उत्तरगया गाउँपालिका चमेली गुरुङ, प्रमुख जिल्ला अधिकारी वेधनिधि खनाल, सुरक्षा प्रमुख हरूमा जिल्ला प्रहरी कार्यालय रसुवा का प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी,सशस्त्र प्रहरी बल २० नम्बर गुल्म का गुल्मपति सुमन लगायतको आतिथ्यतामा आयोजना गरिएको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका