तामाङ पत्रकार सङ्घ ललितपुरले ‘कोम्हेन्दो’ बुलेटिन प्रकाशन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
ललितपुर

तामाङ पत्रकार सघ जिल्ला शाखा ललितपुरले ‘कोम्हेन्दो’ बुलेटिन लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा सोनाम ल्होछारको शुभकामना आदानप्रदान गर्दै सो १६ पेजको पत्रिका प्रकाशनमा ल्याएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ पत्रकार सघको केन्द्रीय अध्यक्ष सुवास योन्जनले जिल्लाले गरेको हरेक कार्यक्रम सधैँ केन्द्र साथ सहयोग रहेको छ । यो पत्रिका शाखाको मात्र नभई समग्र तामाङ समुदायको भएकोले योजनाबद्ध तरिकाबाट प्रकाशनमा ल्याउनुपर्छ । यसमा सङ्घको सहकार्य रहने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिको उपप्रमुख रामलाल थिङले हामी जनताको प्रतिनिधि भएकोले समाजको हरेक विषयमा चासोका साथ संरक्षणमा लागिएको बताए ।

यस्तै बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चानले सोनाम ल्होछार पालिकामा फरक तरिकाले मनाएको बताउँदै फुटबल प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । यसैक्रमा तामाङहरूले पहिला माघे सङ्क्रान्तिलाई नै ल्होछारको रुपमा मान्दै आएको उनको भनाइ थियो ।

उनले ‘कोम्हेन्दो बुलेटिन’ पत्रिका निरन्तर प्रकाशनमा पालिकाले गर्नुपर्ने साथ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसै गरी कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले शुभकामना दिँदै तामाङ समुदायमा ल्होछार मनाउने तरिकामा विकृति आएको औँल्याउँदै तामाङहरू पछि परेको होइन तर विभिन्न पार्टीको कारणले पछाडि पर्ने गरेको बताए । सक्षम र क्षमता हुँदाहुँदै पनि पुग्नुपर्ने ठाउँमा नपुगेको उनको भनाइ थियो ।

अतिथिहरूमा बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारको वडा अध्यक्ष तथा सामाजिक विकास शाखा संयोजक रामकुमार लामा थिङले कोम्हेन्दो बुलेटिनले समग्र तामाङ समुदायको आवाज बोक्ने पत्रिका बन्नेछ भन्दै वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने बताए ।

यसै गरी तामाङ पत्रकार सङ्घ जिल्ला शाखा ललितपुरको सल्लाहकार प्रतीक ङेसुरले ल्होसार र ल्होछारको विषयमा चलेका दुबिधाबारे प्रस्ट्याएका थिए ।

यसै गरी अन्य अतिथिहरूमा तामाङ पत्रकार सङ्घ केन्द्रीय उपाध्यक्ष नेत्र तामाङ, हिमाल रेडियो सञ्चालक बुद्धि विश्वकर्मा, बिरबल तामाङ नेपाल टेलिभिजनको तामाङ भाषी समाचार वाचक, रेडियो प्रस्तोता नवराज सजेल, सङगिता थिङ, सजन कुमार मोक्तान लगायतको उपस्थिति थियो ।

तामाङ पत्रकार सङ्घ जिल्लाको अध्यक्ष प्रकाश थिङले तामाङ समुदायको कुल देवतामा चढाउने फुलको नामबाट कोम्हेन्दो पत्रिकाको नाम राखी प्रकाशनमा ल्याएको बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका