तामाङ समाज युएईको ल्होछार साँझ २०२४ को अन्तिम तयारी पूरा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
युएई

तामाङ समाज युएईद्वारा आयोजना गरेको ल्होछार साँझ २०२४ को अन्तिम तयारी पूरा भएको छ।

“तामाङ समाज युएइको शान, तामाङ समाज युएईको पहिचान” भन्ने मूल नाराका साथ फ्रेब्रुअरी १० शनिवारको दिन सुडानी सोसियल क्लब अलफला आबुधावी र फ्रेब्रुअरी ११ आइतबारको दिन याक एन्ड यति क्लब एभरेस्ट बर दुबईमा उक्त कार्यक्रम सम्पन्न गर्ने तयारी भएको हो ।

समाजले विगत २००५ देखि प्रवासमा रहेर तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण,संवर्द्धन र प्रवर्द्धन गर्दै विगतका वर्षहरूमा झैँ यो वर्ष पनि सोनाम ल्होछारलाई बडो हर्षोल्लास र उमङ्गका साथ मनाउने भएको छ।

सोही कार्यक्रमको लागि अतिथि कलाकारको रूपमा आमन्त्रित नेपाल तामाङ कलाकार सङ्घका अध्यक्ष तथा चर्चित सेलो गायक विशाल काल्तानको साथमा म्हेन्दोमाया गायिका बिना घले युएई आइसकेकी छिन् ।

अतिथि कलाकारको शानदार प्रस्तुति सँगै युएईमा कार्यरत ख्याति प्राप्त स्थानीय कलाकारहरूको पुराना देखि नयाँ सेलो,म्हेन्दोमाया, खान्दोके जस्ता बेजोड प्रस्तुति रहने आयोजकको भनाई छ।

कार्यक्रमबाट सङ्कलित रकम नेपाल तामाङ घेदुङ घ्रेन दिम (भवन) खरिदको लागि सहयोग गर्ने भएको हुँदा युएईको विभिन्न प्रदेशहरूमा कार्यरत तामाङहरू लगायत आम नेपालीहरूलाई कार्यक्रममा सहभागी भई ल्होछारको शुभकामना आदानप्रदान , इष्टमित्र भेटघाटको उद्गम थलो, मनोरञ्जन नाचगान सँगै माया, स्नेह र सद्भाव बढाई कार्यक्रमलाई सभ्य र भव्य बनाउन उपस्थितिको लागि अनुरोध गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया