गायक रामबाबुले नचाए क्रोएसियाका तामाङ

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
301 Shares
जाग्रेब, क्रोएसिया

गायक रामबाबु योन्जनले क्रोएसियाका तामाङहरुलाई नचाएका छन् । गायक योन्जनले आइतबार तामाङ समाज क्रोएसियाद्वारा आयोजित ल्होछार साँझमा उनीहरूलाई नचाएको हो । कार्यक्रम जाग्रेबको मेन स्क्वायर कोन्टेसा हलमा आइतबार भएको थियो ।

कार्यक्रममा गायक योन्जनले आधा दर्जनभन्दा धेरै गीत गाएर नचाएका हुन् । उनले कार्यक्रम`ल्होछार तेनगे´तामाङ गीतको बोलबाट सुरु गरेका थिए । सुरुमै गायक योन्जन दर्शकलाई नचाउन सफल भएका हुन् । लगातार प्रस्तुति दिएका गायक योन्जनले तामाङ भाषाकै `मिनमी ङाला व्योन्दोर्जे, डम्फू सेङ्बा पेम्दोर्जे´ गाएका थिए ।

त्यसैगरी गायक योन्जनले ` सुनसुन है मैच्याङ´ `सोल्टिनी´ लगायत अन्य बोलका गीतहरू गाएका थिए । गायकसँगै गीत गाउने र नाच्ने दर्शकहरूले हल खचाखच भरिएका थिए । योन्जनसँगै कार्यक्रममा गायक रमिता लामा, मेन्दोमाया गायक समीर लामा लगायत अन्यले आआफ्ना प्रस्तुति राखेका हुन् ।

पोर्चुगललाई कर्मथलो बनाइरहेका गायक योन्जन आइतबारनै क्रोएसिया आएका हुन् । पुर्ख्याली घर दोलखा शैलुङ भएका गायक योन्जन हाल बारा जिल्ला कोहल्बी बसाई सरेका छन् ।

थप यो पनि

तामाङ समाज क्रोएसियाले आइतबार सोनाम ल्होछार मनाउने

क्रोएसियामा तामाङ समाज गठन, अध्यक्षमा सनिप

 

तपाईको प्रतिक्रिया