गुम्बाका निर्माणका लागि रसुवाका तामाङले दिए निःशुल्क जग्गादान

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
2.4k Shares
धुन्चे, रसुवा

बौद्ध गुम्बा निर्माण गरी दैनिक नित्यकर्ममा सेवा पुर्‍याउन दक्षिणी रसुवा स्थित सरमथलीका एक शिक्षकले आफ्नो गाउँको धार्मिक प्रतिष्ठानलाई निःशुल्क जग्गादान दिएको छ ।

जग्गादान गर्नेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं ४ सरमथली माथिल्लो गाउँ निवासी शिक्षक गुरु दावाछिरिङ तामाङ हुन् । तामाङले २ लाख ६ हजार ५ सय मूल्य बराबरको जग्गा गुम्बालाई प्रदान गरेका हुन् ।

मालपोत कार्यालय रसुवाका अनुसार रसुवा जिल्ला साबिक सरमथली वडा नं ३ स्थित कि नं ५२२ को क्षेत्रफल १–०–१–१ जग्गा र नं २७५ पारित लिखतबाट दान बकस प्रदान भई रसुवाको सरमथली स्थित थार्चेन गुम्बाको नाउँमा जग्गाधनी दर्ता प्रमाण पुर्जा कायम भएको हो ।

गुम्बाको प्रतीक स्थापना भई मन्दिर निर्माणको जग्गा अभाव भइरहेको अवस्थामा अध्यापनको साथै गाउँ समाजका लागि निरन्तर हितकारी काम गर्दै आएका तामाङले गरिएको जग्गादान धार्मिक कार्यका लागि अविस्मरणीय सहयोग भएको सरमथलीका बासिन्दाले बताएका छन् ।

जग्गादान दिनेवालाको नाम सबैले देख्ने गरी शिलापत्र राख्ने व्यवस्था गर्न सकिएमा सवै जिल्लावासीको मनोबल बढ्न गई आगामी दिनमा गुम्बालाई जग्गा प्राप्त गर्न सहज हुने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

तपाईको प्रतिक्रिया