रसुवा पनि प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
84 Shares
धुन्चे, रसुवा

रसुवा जिल्लामा पनि प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समिति को फागुन ३ गते बसेको बैठकबाट ६,७,८ गते तीन दिन मनाउन गृह मन्त्रालय को पत्र अनुसार कार्यक्रम गर्न लागिएको हो ।

जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा हुने उक्त कार्यक्रम मैत्रीपूर्ण खेलकुद कार्यक्रम ६,७,८ गते हुने, प्रभात फेरि तथा सरसफाइ कार्यक्रम ७ गते बिहान ८ बजे, शुभकामना आदानप्रदान कार्यक्रम ७ गते बिहान ९ बजे गरिने र रसुवा अस्पतालमा ८ बजे रक्तदान कार्यक्रम गरिने,रसुवा अस्पताल मा आयोजना हुने स्वास्थ्य शिविरमा सहजिकरण गर्ने जस्ता विविध कार्यक्रमहरू रहेका छन् ।

रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सबै रसुवावासीहरूबाट आआफ्नो क्षेत्रबाट प्रजातन्त्र मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, जिसस उपप्रमुख विजय लामा,जिल्ला प्रहरी कार्यालय का प्रहरी प्रमुख सुवास बुढाथोकी,सशस्त्र प्रहरी २० नम्बर गुल्मका गुल्म पति सुमन थापा,राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख मोहन आर्चाय,समन्वय प्रमुख गणेश गैह्रे, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ,गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दावा तामाङ नेकपा एमाले वाग्मती प्रदेश सदस्य रितुपेमा तामाङ, राजनैतिक दलका पदाधिकारी लगायत सञ्चारकर्मी, पत्रकारहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका