रसुवामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
210 Shares
धुन्चे, रसुवा

नेपाल खेलकुद महासङ्घ रसुवाको आयोजनामा हुन लागेको नेकोस कप फागुन २५ देखि २८ गते सम्म कालिकास्थानमा सञ्चालन हुने भएको छ ।

फागुन १ गते पत्रकार सम्मेलन गरी नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी रसुवाका अध्यक्ष बिराज तामाङले खेलको सञ्चालनको समयसँगै खेलका नियम बारेमा विस्तृतमा जानकारी दिए ।

खेलमा अनुशासित भएर पनि खेल्नुपर्ने उनले जोड दिए ।

सो अवसरमा पालिका अध्यक्ष कैसाङ नर्पु तामाङ ज्यूले पनि आफ्नो छोटो मतब्य राख्दै खेल प्रतियोगिता प्रति शुभकामना वक्ता सहित सकारात्मक प्रतिक्रिया राख्नु भएको थियो ।प्रतियोगितामा प्रथम हुनेलाई ७७,७७७ रुपैयाँ, द्वितीयलाई ४४,४४४ रुपैंयाँ र तृतीय टिमलाई रू २२,२२२ रुपैयाँ नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै खेलमा अनुशासित खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट कोचहरूको पनि ट्रली, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै क्वाटर फाइनल देखि म्याच अफ दी म्याचलाई पनि ट्रफि प्रदान गरिने छ ।

टिम दर्ता गर्नका ३५०० सय रुपैयाँ लाग्ने छ र टिम दर्ता को अन्तिम मिति फागुन २३ गते सम्म दर्ता गर्न सकिनेछ ।

जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, गोसाईंकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङ ले खेलकुद सामग्री को उद्वधाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका