युरोप महादेशको नर्वेमा तामाङ समाज गठन भएको छ । तामाङ समाजको अध्यक्ष ज्ञानेन्द्र लामालाई चयन गरेको छ । समाज ल्होछारको अवसर पारेर फेब्रुअरी ११ तारीख आइतबार गठन गरेको हो ।
नवगठित तामाङ समाजको उपाध्यक्ष क्रमशः विक्रम लामा, मिना तामाङ, सचिव अजय तामाङ, उपसचिव सागर तामाङ, कोषाध्यक्ष जयमान तामाङ रहेका छन् ।
त्यसैगरी समाजका सदस्यहरु क्रमशः धनवीर तामाङ, सुन्दर योञ्जन, मनोज बोम्जन, संजय तामाङ, रेणुका तामाङ, रोशन तामाङ र पदम तामाङ रहेका छन् ।
समाजका अध्यक्ष ज्ञानेन्द्रले नर्वेमा रहेका तामाङलाई एकीकृत गरि भाषा, संस्कृति लगायत संरक्षण गर्ने बताए । उनका अनुसार आगामी दिनमा भाषिक कार्यक्रमसमेत गर्नेछन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
1
+1