एमाले दोलखाका जिल्ला कमिटी सदस्य एवं सूर्योदय सहकारीका पूर्व कोषाध्यक्ष न्यौपानेद्वारा आत्महत्या

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
637 Shares
दोलखा

नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य एवं हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेले आत्महत्या गरेका छन् ।

मेलुङ–१ पवटी स्थायी घर भएका न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गरेर आत्महत्या गरेका हुन् ।

उनले स्ट्याटसमा लेखिएको छ‚‘सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक हो। यो वर्षौँदेखि बनाइएको योजना अनुसार मलाई फसाउन खोजिएको हो। सञ्चालकले खाएको ऋण र तिरेको भौचर अनुसार हेर्नू । यसमा घोटाला छ । यससँगै मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, ल मुना कोइराला अहिलेका जउ स्टाफको आपराधिक योजना हो।’

उनले लेखेका स्ट्याटस–‘महेन्द्र यसको प्रमुख प्रयोग पात्र हो । मैले लिएको ऋण नरेलाई दिएको छ । लिनु नर श्रेष्ठ डेढ लाख, रामप्रसाद काका १० लाख‚ पवित्रा बास्तोला ३ लाख, बिमा २ लाख‚ पुरुषोत्तम पाठक १० हजार । तिर्ने लेखे १ लाख सफल ३ लाख । अरू सहकारीको लेनादेना उस्तै होला । बुबा, आमा र भाउजू लाई घरै बसी राम्ररी पाल्नु भाइ ।’

उनले सहकारी चोरीको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै कुनै पनि सामाजिक अपराध नगरेको दाबी गरेका छन् ।

दोलखाको मेलुङ गाउँपालिका–१ पवटीमा रहेको सूर्योदय सहकारी संस्थाको कार्यालयबाट गत माघ १५ गते ३२ लाख ८५ हजार रुपैंया चोरी भएको थियो । सहकारीको कार्यालय न्यौपानेको घरमा राखिएको थियो । चोरीको घटनापछि प्रहरीले सहकारीका व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरी रिहा गरेको थियो ।

यो अवधिमा दोलखा प्रहरीले न्यौपानेलाई पटक–पटक नियन्त्रणमा लिने र सोधपुछ गरी छाड्ने गरिएको थियो । केही दिन अघि जिल्ला प्रहरी कार्यालय झिकाइएका न्यौपाने बिहीबार मात्रै घर फर्किएका थिए । त्यस लगत्तै आज बिहान लामो स्ट्याटस लेख्दै न्यौपानेले आत्महत्या गरेका हुन् । उनी पवटीस्थित पुर्खौली घरमा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

न्यौपाने हालै सम्पन्न नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । स्व. न्यौपानेका आमा, बुबा, श्रीमती र भाइहरु छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका