लाङटाङ राष्ट्रिय निकुञ्जले संरक्षण अभियान १० सुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
42 Shares
धुन्चे, रसुवा

लाङटाङ राष्ट्रिय निकुञ्जमा संरक्षण अभियान १० फागुन १ गतेबाट सुरु भएको छ । वन्यजन्तु सामग्रीको अवैध अ‍ोसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि संरक्षण अभियान सुरु गरिएको हो ।

हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतिको बढी मात्रामा चोरी सिकार हुने भएकाले जेठ मसान्तसम्म संरक्षण अभियान १० गर्न लागिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

नियमित सुरक्षाका अतिरिक्त संरक्षण अभियान १० विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षण सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बरालको भनाई छ ।

‘हाल लौकिक नुवाकोटको घ्याङफेदि र सिन्धुपाल्चोकको कात्तिके गरी तीन ठाउँमामा संरक्षण अभियान १० सञ्चालन भएको छ’‚ बरालले भने‚‘यो चार महिना चल्ने छ । यो अभियान १० यसै वर्षदेखि सञ्चालन भएको हो ।यस भन्दा अगाडि माहाहन्ट अप्रेसन भन्ने थियो ।’

सेनाले संरक्षण अभियान १० वाट घुम्ती गस्ती, स्वीपिङ तथा क्यापिङ अप्रेसन, आकस्मिक खानतलासी लगायतका कार्य गर्नेछ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको निकुञ्जभित्र नेपाली सेनाको ९ वटा र निकुञ्जको १० वटा पोस्ट रहेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र विश्वमा नै दुर्लभ वन्यजन्तु हिंउ चितुवा, रेडपाण्डा र कस्तुरी मृग रहेको छ । यस्ता अभियानले निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्न टेवा पुग्नेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका