ओखलढुङ्गा काठमाडौँ तामाङ सेवा समाजको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमको तयारी पूरा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
210 Shares
काठमाडौं‌

ओखलढुङ्गा काठमाडौँ तामाङ सेवा समाजद्वारा २८६० सोनाम ल्होछार डुक ल्होको अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमको तयारी पूरा भएको छ ।

समाजले भोली अर्थात् फागुन ७ गते राष्ट्रिय सहिद पार्क जगडोलमा ल्होसार मनाउन लागिएको हो ।

ओखलढुङ्गाका सम्पूर्ण तामाङहरू एकताको सन्देश जाओस् भनी वनभोज कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिए ।

काठमाडौँ आई बसोबास गरिरहेका ओखलढुङ्गाका तामाङहरूलाई भेटघाट र एक आपसमा शुभकामना आदानप्रदान होस भन्न उद्देश्यले कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष दिर्गमान तामाङले जानकारी दिए ।

कार्यक्रममा ओखलढुङ्गाका राजनीतिज्ञ‚ स्थानीय जनप्रतिनिधि लगायत सम्पूर्णको उपस्थिति रहनेछ । साथै साङ्गीतिक माहौलले मनोरन्जयमय हुने आयोजकले जानकारी दिए ।

कार्यक्रममा ओखलढुङ्गाका तामाङ र गैर तामाङ लगायत सम्पूर्णलाई उपस्थित भई मनोरञ्जन लिनसमेत अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका