चिमौरिया समूहले घोषणा गरेको विशेष महाधिवेशनले वैधानिकता नपाउने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं‌

राष्ट्रिय ख्रीष्टियन महासङ्घलाई अनिर्णयको बन्दी बनाउनका लागि विभिन्न अवैधानिक गतिविधि गर्दै आएको उद्धव चिमौरिया समूहले घोषणा गरेको भनिएको विशेष महाधिवेशनले वैधानिकता नपाउने भएको छ ।

५/७ जना मान्छे जम्मा गरेर आइतबार चिमौरिया समूहले ६० दिनभित्र विशेष महाधिवेशन गरेर महासङ्घलाई निकास दिने दाबी गरेको थियो । महासङ्घको विवादलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत् रूपमा दर्ता गराएका चिमौरिया समूहको उक्त गतिविधिले कानुनी मान्यता नपाउने भएको हो ।

‘ख्रीष्टियन महासङ्घको विवाद हाम्रो कार्यालयमा विचाराधीन छ, ‘उहाँहरूको विवाद समाधानका लागि छलफलमै छौँ’ जिल्ला प्रशासन कार्यालयका एक जना अधिकारी भन्छन्, ‘हाम्रो कार्यालयमा भएको विवाद औपचारिक रूपमा नटुङ्गिएसम्म बाहिर बाहिर भएका जुनसुकै गतिविधिले कानुनी मान्यता पाउँदैन ।’

महासङ्घको विवाद अब जिल्ला प्रशासन कार्यालयले नै समाधान गर्ने समेत उनको दाबी थियो । उनले थपे, ‘बाहिर के भएको छ, हामीलाई थाहा छैन, हामीले छलफलको प्रयास जारी राखेका छौँ, अहिले सहमति जुटिसकेको छैन ।’

महासङ्घका अध्यक्ष चरी बहादुर गहतराज(सिबि) लाई अवैधानिक रूपमा कारबाही गरेको दाबी गर्दै चिमौरिया समूहले महासङ्घलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया